२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एलजीले नेपालमा ल्यायो नयाँ 'डुअल कुल' एसी

Nada
२०८३ जेठ १२ गते १८:५१
Shares
एलजीले नेपालमा ल्यायो नयाँ 'डुअल कुल' एसी

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा 'किलोवाट म्यानेजर' प्रविधिसहितको नयाँ 'डुअल कुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एक कार्यक्रमका बीच यसको अनावरण गरे ।

ncell

यस एसीको मुख्य विशेषता 'किलोवाट म्यानेजर' प्रविधि हो, जसले उपभोक्तालाई आफ्नो बिजुली खपतको सीमा निर्धारण गर्न र बिल नियन्त्रण गर्न सहयोग पुऱ्याउँछ । एलजी थिङ्क्यु एपमार्फत प्रयोगकर्ताले वास्तविक समयको बिजुली खपत मोबाइलमै हेर्न सक्छन् ।

यसले ७० प्रतिशतसम्म बिजुली बचत गर्नुका साथै ४० प्रतिशत छिटो चिस्यान प्रदान गर्छ । यो प्रविधिले इभापोरेटरमा जमेका ९९ प्रतिशतसम्म ब्याक्टेरिया र अशुद्धिहरू सफा गरी स्वच्छ हावा दिन्छ ।

१०० प्रतिशत कपर ट्युब, गोल्ड फिन कोटिङ र स्टेबलाइजर बिना चल्ने क्षमताले गर्दा यो नेपाली मौसमी अवस्थाका लागि उपयुक्त रहेको एलजीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्सले विगत चार दशकदेखि एलजीका उत्पादनहरू नेपालमा आधिकारिक रूपमा बिक्री गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर