२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

Nada
२०८३ जेठ १३ गते १५:०२
Shares
निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

ncell

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै स्वास्थ्य बिमा सेवा बन्द गरिने भएको हो ।

बोर्डले अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू रहने स्पष्ट पारेको छ ।

बोर्डद्वारा जारी सूचनामा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा भने यथावत सञ्चालन हुने उल्लेख गरिएको छ ।

यस निर्णयसँगै स्वास्थ्य बिमा सेवा लिँदै आएका सेवाग्राहीहरू प्रभावित हुने देखिएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर