२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कजारियाको नयाँ शोरुम दलदलेमा

Nada
२०८३ जेठ १३ गते २१:३९
Shares
कजारियाको नयाँ शोरुम दलदलेमा

नवलपुर : कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।

ncell

उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसीको उपस्थितिका साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिंकको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । 

शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

‘राइनो टायल एण्ड मार्बल ट्रेड लिंकसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,’ कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।

ताजा खबर

सम्बन्धित खबर