
काठमाडौं : नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथ ाविद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रमुखकार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँचविस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा नेपाल एसबिआई मर्चेन्टले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए ।
विद्यालयव्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठल ेविद्यालय तथा विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोग प्रति नेपाल एसबिआई मर्चेन्ट बैंकिङप्रति हार्दिक आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययन प्रति थप उत्साह र प्रेरणा प्राप्तहुने विश्वास गरे ।