२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

Nada
२०८३ जेठ १४ गते १३:२३
Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरमा अवस्थित नेपाल बाल सेवा फाउन्डेसनका बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ । 

ncell

संस्थाले सञ्चालनको सुरु समयदेखि विभिन्न जिल्लाका अनाथ, असहाय बालबालिकाहरूको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरूको संरक्षण गरिरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरूमध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरूका लागि वार्षिक पढाइ शुल्क ३० हजार रुपैयाँका दरले जम्मा २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मानव कल्याण र समाज हितका क्षेत्रमा  विभिन्न गतिविधिहरू गर्दै आएको छ ।  यस प्रकारका कार्यप्रति कम्पनीले सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्‍याउने योजना रहेको बताएको छ ।

यस्ता प्रयासमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ ।

हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७ हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर