२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

यस्तो थियो सुवर्ण शम्शेरले ल्याएको ५ करोड २५ लाखको पहिलो बजेट (पूर्णपाठ)

Nada
२०८३ जेठ १५ गते १२:३४
Shares
यस्तो थियो सुवर्ण शम्शेरले ल्याएको ५ करोड २५ लाखको पहिलो बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । झन्डै दुईतिहाइको सरकारले आज बजेट ल्याउँदै गर्दा नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक भने २००८ सालदेखि हुन थालेको हो ।

ncell

मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । सुवर्णले ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट ल्याएका थिए । पहिलो बजेटमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । सडक सञ्जालको विस्तार, हवाई अड्डा, कृषकलाई सहायतालगायत कार्यक्रम राखिएको थियो । कृषि योजनाको ५ करोड रुपैयाँको बजेटमा कृषि योजनाका लागि २ लाख रुपैयाँ छुट्याइएको थियो ।

जनतालाई शिक्षित बनाउन र सहज रूपमा पठनपाठन गराउने अभियान उक्त सरकारले अघि बढाएको थियो । शिक्षाका लागि ५ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । साना उद्योगलाई प्रवद्र्धन गर्न उक्त सरकाले महत्वपूर्ण कदम चालेको थियो । 

घरेलु इलमको नाममा मात्र ३ प्रतिशत अर्थात २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । स्वास्थ्य सेवा विस्तारका लागि समेत उक्त सरकारले प्राथमकिता दिएको थियो, जसका लागि ३ लाख रुपैयाँ विनियोजन भएको थियो । ‘देशमा स्थिरता कायम भएकाले उन्नति र समृद्धिको मार्गमा प्रति दिन लम्किँदै जानेछौँ भन्ने कुरामा मलाई रत्तिभर शंका छैन’, २००८ सालको बजेटमा भनिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर