२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मन्त्रिपरिषद् बैठक बोलाइयो, बजेट स्वीकृत गर्ने कार्यसूची  

Nada
२०८३ जेठ १५ गते १२:४८
Shares
मन्त्रिपरिषद् बैठक बोलाइयो, बजेट स्वीकृत गर्ने कार्यसूची  

काठमाडौँ :  सरकारले आज आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

ncell

सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न लागेको हो ।

 
 

ताजा खबर

सम्बन्धित खबर