
काठमाडौं : सरकारले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याएको छ ।
आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइएको जानकारी दिए । यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो ।
त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ। यसअघि यो दर ३९ प्रतिशत थियो ।