
काठमाडौँ : अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।
उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।