
काठमाडौँ : सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गरिने भएको छ ।