२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कानून समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

shivam cement
२०८१ साउन २४ गते १४:२४
Shares
कानून समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौँ : प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ ।

समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो ।

बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेस गरेको थियो ।

प्रस्तावमाथि छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।संसदको बैठक २९ साउनलाई तोकिएको छ ।

सम्बन्धित खबर