२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कुसारी पोलिक्लिनिक छिनखेतमा मनिटर मेसिन सञ्चालनमा

ADV
प्रचण्ड खत्री
२०८१ साउन २५ गते ११:४०
कुसारी पोलिक्लिनिक छिनखेतमा मनिटर मेसिन सञ्चालनमा

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा रहेको कुसारी पोलिक्लिनकमा मनिटर मेसिन सञ्चालनमा आएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जोगबहादुर चन्दले सो सेवाको उद्घाटन गरे ।

मनिटरबाट आस्ममिक बिरामीको मनिटरिङ सेवा, रक्तचाप, श्वासप्रश्वास, अटोमेरिफ चेकजाँच गरिने पोलिक्लिनकका व्यवस्थापक डिलबहादुर कुसारीको भनाइ छ । बाँफिकोट गाउँपालिकामा पहिलो पटक यो सेवा सुचारु गरिएको उनले बताए ।

बाँफिकोट गाउँपालिकाका १० वटै वडाका स्थानीय, रुकुम पूर्वका साविकका पोखरा गाविस र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका स्थानीय उक्त सेवाबाट लाभान्वित हुनेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise