२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रभु बैंक र इन्द्रप्रस्थ हस्पिटलबीच छुट सम्झौता

Nada
२०८३ जेठ २६ गते २०:४६
Shares
प्रभु बैंक र इन्द्रप्रस्थ हस्पिटलबीच छुट सम्झौता

काठमाडौं : नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ncell

प्रभु बैकंका कर्मचारी ,प्रभु बैकंका मोबाइल बौकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरूले १० प्रतिशत छुट पाउने  छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरू लाई औषधि र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरूलाई औषधि र परामर्श शुल्कबाहेकका शुल्कहरूमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलकातर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरे । सम्झौता मे २०२८ सम्म कायम रहने छ ।

ताजा खबर

सम्बन्धित खबर