
काठमाडौं : यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको जनाएको छ ।
मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि यांगो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू यांगो राइड प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।
पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले बढेको छ भने प्लेटफर्मले औसत ३० प्रतिशत मासिक वृद्धि भएको छ । कम्पनीले आफ्ना चालक साझेदारहरूलाई सहयोग गर्न काठमाडौंमा तथा चितवनमा कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
यांगो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने ‘ यो उपलब्धि हाम्रा प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो । हामी सबैप्रति आभारी छौं र आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा थप अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौं ।’ दोस्रो वर्षमा प्रवेश गर्दै यांगो राइडले सेवा गुणस्तर सुधार, साझेदारहरूका लागि थप अवसर सिर्जना तथा नेपालको डिजिटल मोबिलिटी क्षेत्रको विकासमा योगदान जारी राख्ने लक्ष्य लिएको छ ।