२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआइसी एसिया बैंकको अनुरोध

Nada
२०८३ जेठ २७ गते १७:०८
Shares
खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआइसी एसिया बैंकको अनुरोध

काठमाडौं :एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।

ncell

ग्राहकहरूले घरमै बसेर बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्प छनोट गरी आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन् । यसका साथै आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा गएर पनि निवेदन दिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ग्राहकको ब्याज भुक्तानीबाट काटिएको करको विवरण सोझै प्यान नम्बरमा प्रविष्ट हुनेछ । यसले गर्दा आन्तरिक राजस्व विभागको प्रणालीमा करको विवरण स्वतः मिलान भई ग्राहकलाई कर चुक्ता प्रमाणपत्र लिन सहज हुने बैंकको विश्वास छ । तर प्यान अद्यावधिक नगरेका कारण ई-टिडिएसमा ब्याज कर दाखिला नभएमा वा त्यसपछि हुने कर समायोजनमा बैंक जिम्मेवार नहुने समेत प्रष्ट पारिएको छ ।

त्यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो इमेल ठेगाना पनि समयमै अद्यावधिक गर्न भनेको छ । यसका लागि बैंकको भिडियो केवाइसी पोर्टल, मोबाइल बैंकिङ एपको 'माइ प्रोफाइल' मा रहेको 'चेन्ज इमेल अप्सन' वा बैंकको शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

थप जानकारी वा सहयोग आवश्यक परेमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१ र ०१-५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर