२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

खुट्टाको घाउ निको नबनाउने, तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैन : हर्क सामपाङ

Nada
२०८३ जेठ २८ गते १४:०२
Shares
खुट्टाको घाउ निको नबनाउने, तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैन : हर्क सामपाङ

काठमाडौं : प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् ।

ncell

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष साम्पाङले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गरे ।

उनले सरकारलाई बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्नेतिर ध्यान दिएको भन्दै आपत्ति जनाए । अध्यक्ष साम्पाङले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा आक्रोश व्यक्त गरे ।

अध्यक्ष साम्पाङले सरकारले आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने कुरा आपत्तिजनक रहेको बताए । सरकार व्यापारी नभई जनतालाई सेवा सुविधा दिने निकाय भएकाले त्यस्तो काम बजेटमार्फत आउन आपत्तिजनक रहेको उनको तर्क थियो ।

ताजा खबर

सम्बन्धित खबर