२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा सुरु

Nada
२०८३ जेठ २८ गते १९:५२
Shares
एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा सुरु

काठमाडौं : हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४ ’ मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमातत्काल रकम आदान प्रदान गर्न सक्नेछन् । 

ncell

नयाँ व्यवस्थापन अनुरूप यस सेवा मार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु लाख सम्म सहजै भारत पठाउन सक्नेछन् ।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् ।

नयाँ प्रणाली अन्तर्गत दुवै देशकाग्राहकहरूले प्राप्तकर्ताको मोबाइलनम्बर वाभर्चुअलपेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर