२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’

Nada
२०८३ जेठ २८ गते २०:२०
Shares
भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’

काठमाडौं : ‘ग्लोबल कन्ज्युमर एक्स्पो २०२६’ को दोस्रो संस्करण जेठ २९ गतेदेखि  असार २ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ‘शपिङको नयाँ ठेगाना’ भन्ने मुख्य नाराका साथ इभेन्ट सोलुसनले आयोजना गर्न लागेको यो प्रदर्शनी असार २ गतेसम्म सञ्चालन हुनेछ ।

ncell

एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय गरी १०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ । मेलाले प्रमुख ब्रान्डहरू, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताहरूलाई एउटै थलोमा ल्याउने आयोजकको विश्वास छ ।

विशेषगरी खुद्रा व्यापारी, उद्यमी र सर्वसाधारण ग्राहकहरूका लागि यो मेला एक गतिशील बजारका रूपमा रहनेछ, जसले व्यवसाय–देखि–व्यवसाय र व्यवसाय–देखि–उपभोक्ता सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

पाँच दिनसम्म चल्ने यस एक्स्पोमा करिब ३५ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, भान्सा तथा घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहना लगायतका विविध उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् । यसका साथै प्रदर्शनीमा कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव लिन सकिने गरी ‘इन्टरएक्टिभ जोन’ को समेत व्यवस्था गरिएको छ ।

आयोजक संस्था इभेन्ट सोलुसनका अनुसार यो एक्स्पो केवल एउटा प्रदर्शनी मात्र नभएर नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रको उत्सव पनि हो । ब्रान्डहरूलाई सोझै क्रेताहरूसँग जोड्न र सबै आकारका व्यवसायहरूका लागि अवसरको नयाँ ढोका खोल्न यो प्लेटफर्म प्रतिबद्ध रहेको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर