२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बेलायती ब्रान्ड 'गुडम्यान्स' अब नेपाली बजारमा

Nada
२०८३ जेठ २९ गते १२:०४
Shares
बेलायती ब्रान्ड 'गुडम्यान्स' अब नेपाली बजारमा

काठमाडौं : बेलायती इलेक्ट्रोनिक्स ब्रान्ड गुडम्यान्स नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले यस प्रसिद्ध बेलायती ब्रान्डका उत्पादनहरू नेपाली उपभोक्तामाझ ल्याएको हो ।

ncell

सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गुडम्यान्स अब नेपाली उपभोक्ताका लागि आधुनिक र गुणस्तरीय उत्पादनहरूका साथ उपलब्ध भएको छ । सुरुवाती समयमा अडियो स्पिकर उत्पादनबाट ख्याति कमाएको यो ब्रान्ड हाल विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका लागि एक विश्वसनीय नाम बनिसकेको छ ।

नेपाली बजारमा गुडम्यान्सले भान्सा र दैनिक जीवनमा प्रयोग हुने विभिन्न उपकरणहरू सार्वजनिक गरेको छ । जसमा मुख्य रूपमा राइस कुकर र इलेक्ट्रिक केटल, आइरन, ब्लेन्डर तथा जुसर एक्सट्राक्टर, स्टिक ब्लेन्डर र ह्यान्ड मिक्सर, कफी मेकर, टोस्टर, स्यान्डविच मेकर, पर्सनल केयरका सामानहरू र अडियो उपकरणहरू रहेका छन् ।

गुडम्यान्सले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै आएको छ । आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ नयाँ प्रविधिमा आधारित यी उत्पादनहरू विकास गरिएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि र उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै आगामी दिनमा पनि नवीनतम प्रविधियुक्त उत्पादनहरू निरन्तर बजारमा ल्याउने गुडम्यान्सको योजना छ ।

ताजा खबर

सम्बन्धित खबर