२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पुँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छ : अर्थमन्त्री वाग्ले

Nada
२०८३ जेठ २९ गते १४:४८
Shares
पुँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च द्रुत रुपमा हुनेगरी बजेट ल्याइएको दाबी गरेका छन् ।

ncell

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८३ माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले पुँजीगत खर्च द्रुत रुपमा हुनेगरी बजेट ल्याइएको दाबी गरेका हुन् ।

अर्थ मन्त्रालयले यस पटक पुँजीगत खर्च द्रुत रूपमा गराउनका लागि आयोजनाहरूको रकम आवश्यकताअनुसार रकमान्तर गर्ने अख्तियारी सम्बन्धित मन्त्रालयलाई नै दिएको अर्थमन्त्री वाग्लेलेको भनाइ थियो ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको ठुलो बजेट स्थानीय तहबाट नै परिचालन हुने गरी संविधानबमोजिम नै बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे ।

त्यस अवसरमा अर्थमन्त्री वाग्लेले अनिवार्य दायित्व अन्तर्गत नै ठुलो बजेट खर्च हुने गरेकोतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर