२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पाल्पाली सेवा समाज दोहा कतारद्वारा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

Nada
२०८३ जेठ ३० गते २१:४५
Shares
पाल्पाली सेवा समाज दोहा कतारद्वारा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

दोहा (कतार) : पाल्पाली सेवा समाज दोहा कतारले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यक्तित्व विकास तथा उद्घोषण तालिम’ सम्पन्न गरेको छ । समाजका अध्यक्ष विकास गैरे (विक्की) को अध्यक्षता तथा प्रमुख संरक्षक महल केसीको प्रमुख आतिथ्यमा शुक्रबार एनखालीदस्थित नमस्ते एसियाली नेपाली रेष्टुरेन्टको सभाहलमा उक्त तालिम सम्पन्न गरिएको हो ।

ncell

तालिममा व्यवसायी तथा सामाजिक व्यक्तित्व सुरज कुँवरले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए । प्रभावकारी बोल्ने कला, सार्वजनिक प्रस्तुति, नेतृत्व क्षमता विकासलगायत विषयमा प्रशिक्षण तथा अभ्यास गराइएको समाजले जनाएको छ । तालिमबाट सहभागीहरूले नयाँ ज्ञान र आत्मविश्वास प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । यसअघि सार्वजनिक रूपमा बोल्न हिचकिचाउने सहभागीहरूले कार्यक्रमपछि आफूमा मञ्चमा उभिएर आफ्ना धारणा प्रस्तुत गर्न सक्ने आत्मविश्वास बढेको बताएका छन् ।

कार्यक्रममा समाजका सम्मानित संरक्षक लिलम चिदिम मगरले सन् २००७ मा स्थापित समाजले परोपकारी कार्यसँगै सदस्यहरूको क्षमता विकासमा समेत ध्यान दिँदै यस्ता रचनात्मक कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै नेतृत्वको प्रशंसा गरे । यस्ता कार्यक्रमले संस्थाका लागि भविष्यमा सक्षम नेतृत्व तयार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

समाजका प्रमुख सल्लाहकार विश्वनाथ भट्टराईले आत्मविश्वासले व्यक्तिलाई सकारात्मक मार्गमा अघि बढाउन मद्दत गर्ने तथा यस्ता तालिमले नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । प्रमुख अतिथि केसीले तालिमले सहभागीहरूमा निर्धक्क भएर आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे ।

समापन मन्तव्यका क्रममा अध्यक्ष गैरेले आफ्नो कार्यकालमा प्रत्येक तीन महिनामा यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धताअनुसार यो दोस्रो कार्यक्रम भएको जानकारी दिए । आफ्नो कार्यकालमा कम्तीमा तीन जना प्रखर वक्ता उत्पादन गर्न सके आफूलाई सफल ठान्ने उनको भनाइ थियो ।

समाजकी महिला उपाध्यक्ष धनाकुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव हिरालाल बस्यालले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर