२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिद्धार्थ बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड

Nada
२०८३ जेठ ३१ गते १७:३३
Shares
सिद्धार्थ बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट - डिजिटल फर्स्ट बैंकिङ’ विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

ncell

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्यांकनका आधारमा यो अवार्ड प्रदान गरिन्छ । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ क्षेत्रमा देखाएको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई यस अन्तर्राष्ट्रिय सम्मानले कदर गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ । विशेषगरी मोबाइल बैंकिङ, क्युआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन जस्ता सेवामार्फत छिटो र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई यस अवार्डले थप उत्साह प्रदान गरेको छ ।

आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण र ग्राहक सन्तुष्टि अभिवृद्धिमा बैंक प्रतिबद्ध रहने जनाइएको छ । यस उपलब्धिले ग्राहकप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउन र भविष्यमा थप व्यवस्थित ढंगले सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको छ ।

सम्बन्धित खबर