२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

देश परिवर्तनको आन्दोलन एमालेले गरेको हो : अर्याल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २६ गते २०:४२
देश परिवर्तनको आन्दोलन एमालेले गरेको हो : अर्याल

अर्घाखाँची : नेकपा एमाले केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेबाटै भएको र एमालेले अंंगालेको नीति, विचार र अडानका कारण मुलुक सही दिसामा अगाडि बढेको बताएकी छन् । 

नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै सचिव अर्यालले देशका मुख्य आन्दोलन एमालेकै अगुवाइ र योजनामा सफल भएकाले एमाले देशको अभिभावक भएको बताइन् ।

पूर्वमन्त्रीसमेत रहेकी अर्यालले नेकपा एमाले पहिचान विरोधी नभएको र सबै जाति, भाषा, लिंग, धर्म, संस्कृति, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज निर्माणमा लागेकाले जनताले एमालेलाई साथ दिएको जिकिर गरिन् ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्यरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले अब सिद्धान्तलाई व्यवहारमा अगाडि बढाउँदै सबै नेता कार्यकर्ता कृषि उत्पादनमा जोडिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरेले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सफल बनाउनका लागि पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको बीचमा सहमति, सहकार्य र एकता भएमात्र जनप्रतिनिधि सफल हुने तथा संगठन पनि मजबुत बन्ने दाबी गरे ।

युवा नेता गैरेले अधिवेशनले विगतका कामको समीक्षा, आगामी कार्ययोजना बनाइ पार्टीभित्र गुट उपगुट नहुने गरी राजनैतिक, वैचारिक विषयहरु जिल्ला अधिवेशनमा घनिभूतरुपमा छलफल हुनुपर्ने बताए ।

अधिवेशनमा पार्टी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य, पार्टी केन्द्रीय  सदस्य बोम बहादुर बिकले अधिवेशन सफलताको शुभकामना व्यक्त  गरे ।

एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले विगतमा सबै मिलेर ठूलो मिहिनेत गरेर पार्टीलाई माथि उठाउन सफल भएको भन्दै पार्टीलाई अप्ठ्यारो बेलामा धोका दिनेहरु यतिबेला अधिवेशनमा सलबलाउन खोजेकाले प्रतिनिधिहरु सचेत हुनुपर्ने बताए । 

जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता, उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको हो । भोलिसम्म चल्ने अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । 

एमाले अर्घाखाँचीमा अहिले वर्तमान अध्यक्ष पिताम्बर भुसाल र नेता प्रेमनारायण गैरेले अध्यक्षमा दाबी गरेपनि अध्यक्ष सर्वसहमत गराउने गरी नेताहरुले पहल शुरु गरेका छन् । अधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधि, प्रवेक्षक सहभागी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise