२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिजीको 'नयाँ वर्ष २०८३ उपहार योजना' : झापाका गुप्ताले जिते 'सेट अफ ५ प्रोडक्ट्स'

Nada
२०८३ असार १ गते १२:११
Shares
सिजीको 'नयाँ वर्ष २०८३ उपहार योजना' : झापाका गुप्ताले जिते 'सेट अफ ५ प्रोडक्ट्स'

काठमाडौं : नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको “एक्स्पेरियन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ ।

ncell

यस विशेष योजना अन्तर्गत प्रदान गरिने आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन् । उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण 'सिजी इग्नाइट टु बिएस' खरिद गरेका थिए । सोही खरिदका क्रममा उपलब्ध क्युआर कोड स्क्यान गरेर उनी यस योजनामा सहभागी भएका थिए ।

हालै आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता रणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरेका छन् । उपहार प्राप्त गरेपछि गुप्ताले आफू अत्यन्तै हर्षित रहेको र सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझ मजबुत भएको बताए ।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर २८ वटा आधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी ब्रान्ड शप) र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । सिजीका उत्पादनहरू कम्पनीको आधिकारिक वेबसाइटहरू र देशभरका आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिन्छ ।

सम्बन्धित खबर