
काठमाडौं : विश्वभर विश्वकप फुटबलको माहोल तातिरहेका बेला अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपाली बजारमा दुईवटा नयाँ पोर्टेबल पार्टी स्पिकर सार्वजनिक गरेको छ । नेपालका लागि टिसिएलको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले टिपी२००के र टिपी३००के मोडलका स्पिकरहरू बजारमा ल्याएको हो ।
विशेषगरी खेलप्रेमी र मनोरञ्जनका पारखीहरूलाई लक्षित गरी ल्याइएका यी स्पिकरहरूले घरमै स्टेडियमको जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेका छन् । फुटबल खेलको रोमाञ्चलाई जीवन्त बनाउन यसमा शक्तिशाली अडियो र आकर्षक 'लाइट शो' को सुविधा दिइएको छ ।
नेपाली बजारमा उपलब्ध दुई मोडलमध्ये टिपी२००के पारिवारिक जमघट र साना पार्टीहरूका लागि उपयुक्त छ । यसमा २२० वाटको अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप र ५ वटा डायनामिक लाइट शो मोडहरू रहेका छन् ।
त्यस्तै, अझ शक्तिशाली ध्वनि चाहनेहरूका लागि टिपी३००के उत्कृष्ट विकल्प हुन सक्छ । यसमा ३४० वाटको अडियो आउटपुट, १८ घण्टासम्मको प्लेटाइम र ८ वटा आकर्षक लाइट मोडहरू समावेश छन्, जसले ठूला आउटडोर पार्टीहरूलाई थप भव्य बनाउने कम्पनीको दाबी छ ।
दुवै मोडलका स्पिकरहरूमा ब्लुटुथ ५.४, बास बुस्ट र वायरलेस पार्टी लिंकजस्ता आधुनिक सुविधाहरू छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जोडेर अझ फराकिलो साउन्डको मजा लिन सक्छन् । साथै, यी स्पिकरहरूमा पानीबाट बचाउन 'वाटर रेसिस्टेन्स' क्षमता छ भने कराओके र लाइभ मनोरञ्जनका लागि माइक्रोफोन र गिटार सपोर्टको सुविधा पनि दिइएको छ ।
विश्वभर स्मार्ट मनोरञ्जन अनुभव प्रदान गर्दै आएको टिसिएलले नेपालमा सिजी इलेक्ट्रोनिक्समार्फत टिभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर र वासिङ मेसिन लगायतका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । नयाँ पार्टी स्पिकरहरूले साथीभाइसँगको फुटबल नाइट र पारिवारिक समारोहलाई अझ रोमाञ्चक बनाउने विश्वास कम्पनीले लिएको छ ।