२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा

Nada
२०८३ असार १ गते १५:४२
Shares
अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा

काठमाडौं : किया नेपालले अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् । 

ncell

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ । भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।

यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बनाएको छ ।

अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ ९छ–क्तबच द्यल्ऋब्ए० सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो ।

एसयुभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले भनिन्, 'अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।'

अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने कम्पनीको योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध छ ।

अल न्यु किया के३ को मूल्य :

HTK (O) : ६८,९०,०००
HTK (O) IVT : ७५,९०,०००
HTX (A) IVT : ८५,९०,०००
X–Line (A) 7DCT : ९५,९०,०००

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा सञ्चालित किया नेपाल ३५ वर्षभन्दा बढी समयदेखि नेपालका लागि किया गाडीहरूको एकमात्र आधिकारिक वितरक रहँदै आएको छ । कियाका गाडीहरू नवप्रवर्तन, विश्वसनीयता, सुरक्षा र कार्यक्षमताका माध्यमबाट नेपाली ग्राहकहरूको विश्वास जित्न निरन्तर सफल भइरहेका छन् ।

सम्बन्धित खबर