२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ट्राफिक प्रहरी कारबाही: २१ लाख ८६ हजार राजस्व दाखिला

Nada
२०८३ असार २ गते १२:२७
Shares
ट्राफिक प्रहरी कारबाही: २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

ncell

त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ९९, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ४२१ जनालाई कारबाही गरिएको हो ।
 

सम्बन्धित खबर