२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाली बजारमा रियलमीको 'पी३' सिरिज सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

Nada
२०८३ असार २ गते १३:३९
Shares
नेपाली बजारमा रियलमीको 'पी३' सिरिज सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं : रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन सिरिज 'पी३' अन्तर्गत दुईवटा शक्तिशाली मोडलहरू- पी३ अल्ट्रा ५जी र पी३ ५जी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो नयाँ सिरिजले प्रयोगकर्तालाई उच्च कार्यक्षमता, आकर्षक डिजाइन र अत्याधुनिक एआई प्रविधिको अनुभव प्रदान गर्नेछ ।

ncell

रियलमी पी३ अल्ट्रा ५जीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ, जसले उत्कृष्ट गति सुनिश्चित गर्दछ । यसमा ६००० एमएएचको टाइटन ब्याट्री र ८० वाटको अल्ट्रा चार्ज प्रविधि रहेको छ, जसले गर्दा फोन छिटो र प्रभावकारी रूपमा चार्ज हुन्छ ।

७.३८ मिमि पातलो डिजाइनमा उपलब्ध यस फोनमा १.५ के क्वाड-कभ्ड एमोलेड डिस्प्ले र ओआइएससहितको ५० मेगापिक्सेल सोनी एआई क्यामेरा जडान गरिएको छ । सुरक्षाका लागि यसमा आइपी६९ स्तरको पानी प्रतिरोधी सुविधा छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता भएको यस फोनको मूल्य ६५,९९९ रुपैयाँ तोकिएको छ । यो ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रङमा उपलब्ध हुनेछ ।

रियलमीले पी३ ५जी मोडल पनि सार्वजनिक गरेको छ, जसमा स्न्यापड्रागन ६ जेन ४ ५जी चिपसेट रहेको छ । दैनिक प्रयोग र गेमिङलाई ध्यानमा राखेर बनाइएको यस फोनमा ६००० एमएएच ब्याट्री, ४५ वाटको फास्ट चार्ज र १२० हर्जको एमोलेड ई-स्पोर्ट्स डिस्प्ले रहेको छ ।

यस फोनमा पनि ५० मेगापिक्सेलको एआई क्यामेरा र आइपी६६, आइपी६८ र आइपी६९ सम्मको पानी प्रतिरोधी क्षमता समावेश छ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य ४४,९९९ रुपैयाँ रहेको छ । यो स्टारलाइट ग्रीन र कमेट ग्रे रङमा बजारमा उपलब्ध हुनेछ ।

रियलमीले यस सिरिजमार्फत नेपाली उपभोक्ताहरूलाई नवीन प्रविधि र उत्कृष्ट डिजाइनका साथै उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर