२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एलजीले नेपाली बजारमा ल्यायो ‘एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरण

Nada
२०८३ असार ३ गते १२:११
Shares
एलजीले नेपाली बजारमा ल्यायो ‘एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरण

काठमाडौं : एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखेर ‘एलजी एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरणहरू सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।

ncell

“हरेक घरको खुशी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको यस श्रृंखलाले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र टिकाउपनलाई किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता र स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई थप सहज बनाउने कम्पनीको विश्वास छ ।

नयाँ एसेन्सियल सिरिजअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका उत्पादनहरू समावेश छन् ।

डबल डुअर रेफ्रिजिरेटर : यसमा फ्रस्ट-फ्रि टेक्नोलोजी रहेको छ । जसले 'म्यानुअल डिफ्रस्टिङ' को झन्झट हटाउँछ । यसमा रहेको 'स्मार्ट मोड' ले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा यसमा २० प्रतिशत ठुलो तरकारी भण्डारण क्षमता रहेको छ ।

टप लोड वासिङ मेसिन : नेपालको वातावरणीय अवस्थालाई सुहाउँदो यस मेसिनमा प्रोसिल्ड मोटर र आइपिएक्स४ प्रमाणित वाटर रेसिस्टेन्ट कन्ट्रोल प्यानल जडान गरिएको छ । साथै, लो प्रेसर फिल टेक्नोलोजीका कारण कम पानीको चाप भएको ठाउँमा पनि यसले प्रभावकारी धुलाई सुनिश्चित गर्दछ ।

रुम एयर कन्डिसनर : ऊर्जा-दक्ष प्रविधियुक्त यस एसीले प्रभावकारी कुलिङ र हिटिङ सुविधा दिन्छ । यसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरेन्टको प्रयोग गरिएको छ र यसले परम्परागत नन-इन्भर्टर एसीको तुलनामा कम बिजुली खपत गर्छ ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सिजी इलेक्ट्रोनिक्सबीचको चार दशक लामो सहकार्यले नेपाली उपभोक्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रोडक्ट डाइरेक्टर चाङ्हो हानले नेपाली उपभोक्ताहरूबाट प्राप्त प्रतिक्रियाका आधारमा स्थानीय आवश्यकतालाई सम्बोधन गर्न यो श्रृंखला विकास गरिएको बताए ।

एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुनेछ । यी उत्पादनहरूको सुरुवाती मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ । उपभोक्ताहरूले देशभरका आधिकारिक एलजी ब्रान्ड सप, मल्टी-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्महरू मार्फत यी उत्पादनहरू खरिद गर्न सक्नेछन् ।

सम्बन्धित खबर