२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नागरिक लगानी कोष र एभरेस्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

Nada
२०८३ असार ३ गते २०:२७
Shares
नागरिक लगानी कोष र एभरेस्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र एभरेस्ट बैंकबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नवराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन् । 

ncell

सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैर–योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ । कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचय पत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ । 

साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियमअनुसार पाउनेछन् । सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको रकम र बहाल रहेका कर्जा समेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने पनि सम्झौतामा उल्लेख छ ।

सम्बन्धित खबर