२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पैंचोको नेसनल सेल्स समिट सम्पन्न, कृषिमा लगानीको वातावरण बन्नुपर्नेमा जोड

Nada
२०८३ असार ३ गते २०:३४
Shares
पैंचोको नेसनल सेल्स समिट सम्पन्न, कृषिमा लगानीको वातावरण बन्नुपर्नेमा जोड

काठमाडौं : पैंचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधिबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई आत्मसात् गर्र्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चापदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । 

ncell

पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले स्वदेशी उत्पादनप्रति उपभोक्ताको रोजाइ बढ््दै गएको भन्दै प्रतिस्पर्धी बजारमा पैंचोले फरक र मौलिक स्वाद दिँदा उपभोक्ताले पैंचोका उत्पादन मन पराइरहेको बताए । उनले भने, ‘कृषिसम्बधी उद्योगमा लगानी निकै कम छ । कृषि क्षेत्रको विकासका लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केटसमेत विस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनका लागि वातावरण बनाउनुपर्छ ।’

पैंचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानेले पछिल्लो समय नेपाली उत्पादनले विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्षम भएको बताए । उनले भने, ‘राज्यले अझै पनि कृषि उद्योगलाई प्राथमिकता दिन नसक्दा अर्बौंको कृषि उत्पादन आयात भइरहेको छ । त्यसलाई रोक्न र ग्रामीण अर्थतन्त्रलाई अघि बढाउनका लागि पैंचोले गाँउमै उद्योग खोलेर बजार विस्तार गरिरहेको बताए । 

पैंचो पसल प्रालिका बजार विभाग प्रमुख लक्ष्मण गैरेले भने, ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाएर अघि बढाउनेछ । बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैंचोले काम गरिरहेको छ ।’

स्वदेश तथा विदेशमा रहेका उपभोक्तालाई सहज रूपमा पैंचोका गुणस्तरीय उत्पादनलाई पुर्‍याउने काम मार्केटिङ विभागले गरिरहेको उनले बताए । 

कार्यक्रममा पैंचो पसल प्रालिको बजार विभागमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०८२’द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान–२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै, ‘उत्कृष्ट डिएसआर सम्मान–२०८२’मा रञ्जिता राउत, विक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए । डिलरहरूले पैंचोसँग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरूले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नुपर्ने रणनीति र अवसरबारे छलफल गरेका थिए ।

सम्बन्धित खबर