२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

करैयामाईको बजेट ४५ करोड ६८ लाख

Nada
कृष्ण तिवारी
२०८३ असार ५ गते २१:४०
Shares
करैयामाईको बजेट ४५ करोड ६८ लाख

बारा : बाराको करैयामाई गाउँपालिका को १९औं गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय करैयास्थित आफ्नै सभाहलमा आयोजित गाउँसभाले आर्थिक वर्ष २०८३÷८४ का लागि ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो । 

ncell

गाउँसभा गाउँपालिका अध्यक्ष शम्भु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष सुनैना देवी चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार गाउँसभाले आगामी वर्षका नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो। उनले स्थानीय तहको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताए ।

गाउँसभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

सहभागीहरूले विकास निर्माण तथा जनसेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर