काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेकाे छ ।
दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेश नेपाललाई ३-१ गाेल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएकाे हाे ।
यस हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।
नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट गोल गरिन् ।
खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाइन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।
७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याइन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् ।
तर खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाइन् ।
यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies