२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको चुनौती

Nada
२०८३ मंसिर १ गते १८:५३
Shares
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको चुनौती

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनायो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ५२ रन बनाए । त्यसक्रममा उनले दुई चौका प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । टोलीले सुरुवातमै तीन विकेट गुमाएको थियो । दीपेन्द्रले इशानसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटर लामो समय टिक्न सकेनन् ।

लुम्बिनीका बलरले कसिलो बलिङ गर्दै सुदूरपश्चिमलाई ठूलो योगफल बनाउन रोके । अब लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गर्न १०६ रन बनाउनुपर्नेछ ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर