२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

Nada
२०८३ मंसिर ३ गते १६:१८
Shares
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

काठमाडौँ : इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार उक्त टी-२० अन्तर्राष्ट्रिय खेल सन् २०२७ जुन ३ मा हुनेछ ।

नेपालले भ्रमणमा स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी छ खेल खेल्नेछ  जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेलबाट भ्रमण सुरु हुनेछ। बंगलादेशसँग लर्ड्समा खेलेपछि नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ ।

आयरल्यान्डसँग जुन ६ मा वर्म्स्लीमा ५० ओभरको खेल र जुन ९ मा सोही मैदानमा टी-२० खेल हुनेछ । बाँकी दुई टी-२० खेल जुन ११ र १२ मा बेकनहममा हुनेछन् ।

नेपाल र बंगलादेशबीचको खेल हुने दिन लर्ड्समै मिडलसेक्सको घरेलु टी-२० ब्लास्ट खेल पनि हुनेछ । लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका खेल एकै दिन आयोजना हुन लागेको यो पहिलो अवसर हो । एमसीसीका अनुसार नेपाली र बंगलादेशी दर्शकका लागि टेलिभिजन प्रसारणलाई ध्यानमा राखेर खेलको समय तय गरिएको हो ।

नेपालले यसअघि सन् २०१८ मा लर्ड्समा नेदरल्यान्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो। बंगलादेशको पुरुष टोलीका लागि भने यो लर्ड्समा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर