काठमाठौं : ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ ।
ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका छन् ।
सहकारी ऐन–२०७४, नियमावली–२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका–२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ ।
कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै, स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहेका छन् ।
सम्झौतालगत्तै दुई संस्थाबीच श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies