काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गङ्गा नारायण श्रेष्ठ,वन तथा वातावरण मन्त्रीमा राजु बिष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा उद्दव थापा, भौतिक पूर्वाधार विकास मन्त्रीमा युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशव पोख्रेललाई शपथ खुवाएका हुन् ।
यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरिएको हो ।
प्रदेश सरकारमा सहभागी ५ मध्ये ३ दलले मन्त्रालयहरू पाएका छन् । १७ दिन अघि मन्त्रालय घटाउन गठित कार्यदलले दिएको सुझाव अनुसार बागमतीमा १४ बाट घटाएर ११ मन्त्रालय बनाइएको हो ।
यससँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । सरकारमा सहभागी एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने मन्त्रालयको दाबीबाट पछि हटेका छन् । प्रदेशमा एमाले र माओवादी केन्द्रले ४/४ र राप्रपाले ३ मन्त्रालय पाएका हुन् । प्रदेशमा सभामुख राप्रपाले र उपसभामुख एमालेले यसअघि नै पाइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies