
काठमाडौं : कजारिया रमेश टायल्सले जोरपाटीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । शिवशक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँसोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत् शृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
सोरुमको औपचारिक उद्घाटनमा मुख्य अतिथि पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस सोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउने अपेक्षा कम्पनीको भनाइ छ ।