२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्ने

Nada
२०८३ असार ९ गते २१:३७
Shares
एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं : एनआइसी एसिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

ncell

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँबराबरको प्रति सेयर १०० रुपैयाँ दरका १४ करोड ९१ लाख ७५ हजार ६ सय ५९ दशमलव २२ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

साधारण सेयरको दुई सेयरबराबर एक (२ः१) सेयरको अनुपातमा साविकका सेयरधनीका लागि ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्ने भएको हो । 

उक्त हकप्रद सेयर निष्कासनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्कासन कार्य अगाडि बढाइने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम बैंकको पुँजी संरचना सुदृढ बनाउन, पुँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यावसायिक विस्तार एंव रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइँटेल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

ताजा खबर

सम्बन्धित खबर