२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

Nada
२०८३ असार १० गते १४:२८
Shares
होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

लन्डन : स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामान सहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्त्वपूर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाइएको छ ।

ncell

संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ । आधिकारिक तथ्याङ्कले यस अघिको हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यही भएको जनाइएको छ । 

द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानवीय क्षति र  आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरूमा सङ्कट ल्याएको जनाइएको छ । अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकहरूको  मृत्यु भएको छ  भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर