– रञ्जना पराजुली लम्साल
१.
उनलाई चोखो माया गरी मैले ठूलो भूल गरे,
अनमोल मुटु दिईवरी मैले ठूलो भूल गरे !
अर्कै हातले रङ्गिएको सिउँदो हेर्दै आजभोलि,
बरबराउँछु पागल सरी मैले ठूलो भूल गरे !!
२.
विश्वासले नाता जोडिए पनि,
हिँड्दा हिँड्दै बाटो मोडिए पनि !
नठान्नु धोका कहिले कसैले,
गन्तव्य नपुगी छोडिए पनि !!
३.
गर्जदै मेघले ल्यायो यौटा बेमौसमी हुरी,
बन्यो दुस्वप्नको रात जलायो प्रीतको धुरी !
बुझ्नै नसकिने पा¥यो चित्ररेखाहरु पुछी,
निभायो दीप बालेर यो कस्तो हाय मज्बुरी !!
४.
बिदा गरीसकेपछि सम्झी सम्झी रुँदा,
मनभित्र धैर्य राखी तस्बिरमा छुँदा !
अझै माया लाग्ने प्रीय सम्झनाको ताल,
पर्खाइका महिना झैँ दिन लामा हुँदा !!
५.
टाढाबाट झझल्कोले यतै आई घेरेजस्तो,
प्राण मेरो तर सास उनले नै फेरेजस्तो !
आभाषले हृदयमा दिन्छ मीठो अनुभूती,
मन चोर्ने आँखाभित्र लुकाएर हेरेजस्तो !!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies