२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

Nada
२०८३ असार ११ गते १०:१०
Shares
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौँ : भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ ।  सीएनएनका अनुसार ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ ।

ncell

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०:०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यी भूकम्पका कारण ठूलो मानवीय क्षति र व्यापक भौतिक विनाश हुन सक्ने सम्भावना उच्च रहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर