२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

व्यक्तिगत बैंक खातामा रकम पठाउन आग्रह गर्नेहरूबाट सचेत रहन कतारी श्रम मन्त्रालयको आग्रह

Nada
तिलु शर्मा पौडेल
२०८३ असार ११ गते १२:०३
Shares
व्यक्तिगत बैंक खातामा रकम पठाउन आग्रह गर्नेहरूबाट सचेत रहन कतारी श्रम मन्त्रालयको आग्रह

दोहा, कतार : कतारको श्रम मन्त्रालयले सेवासम्बन्धी काम गरिदिने वा सरकारी प्रक्रिया छिटो गराइदिने बहानामा व्यक्तिगत बैंक खातामा रकम पठाउन आग्रह गर्ने व्यक्तिहरूप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफ्ना सबै सेवा शुल्क तथा भुक्तानीहरू केवल मन्त्रालयद्वारा स्वीकृत आधिकारिक भुक्तानी माध्यममार्फत मात्र स्वीकार गरिने स्पष्ट पारेको छ। 

ncell

कुनै पनि सेवा शुल्क वा अन्य रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नलगाइने मन्त्रालयले जनाएको छ। यस्ता अनधिकृत आर्थिक कारोबारका अनुरोधहरू ठगीको प्रयास हुन सक्ने भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि अवस्थामा यस्ता अनुरोधहरूको पालना नगर्न अनुरोध गरेको छ । ठगीको आशंका लागेमा वा अनधिकृत रूपमा रकम मागिएको खण्डमा तत्काल मन्त्रालयका आधिकारिक सञ्चार माध्यममार्फत जानकारी गराउन पनि आग्रह गरेको छ। 

यसका लागि १६५०५ नम्बरमा फोन गर्न, [email protected] मा इमेल पठाउन वा मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत उजुरी तथा जानकारी दिन सकिने जनाइएको छ। मन्त्रालयले सेवाग्राहीहरूको अधिकार संरक्षण तथा आर्थिक कारोबारलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता  दोहोर्‍याएको छ ।

ताजा खबर

सम्बन्धित खबर