२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

Nada
२०८३ असार १२ गते १५:३८
Shares
नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं : धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।

ncell

कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९०  र  एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर