
काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारलाई लक्षित गरी नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ । ‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियान अन्तर्गत काठमाडौंमा एक विशेष कार्यक्रमबीच यी उत्पादनहरूको औपचारिक अनावरण गरिएको हो ।
काठमाडौंमा सफल शुभारम्भपछि कम्पनीले यो अभियानलाई देशका अन्य प्रमुख सहरहरूमा पनि विस्तार गर्ने भएको छ । जसअनुसार आगामी १५ असारमा इटहरी, १७ असारमा नारायणघाट, १९ असारमा पोखरा, २१ असारमा बुटवल र २३ असारमा नेपालगञ्जमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजीका नयाँ उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न र तिनका विशेषताका बारेमा जानकारी लिन सक्नेछन् ।
नेपाली परिवारहरूको आवश्यकता र स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएको यस श्रृंखलामा मुख्यगरी तीन प्रकारका उपकरणहरू रहेका छन् ।
डबल-डोर रेफ्रिजेरेटर : फ्रस्ट-फ्रि प्रविधियुक्त यस रेफ्रिजेरेटरमा मौसमअनुसार चिस्यान नियन्त्रण गर्ने ‘स्मार्ट मोड’ रहेको छ । यसमा अन्य मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको कम्पनीले जनाएको छ ।
टप-लोड वासिङ मेसिन : नेपालको वातावरणीय अवस्थालाई सुहाउँदो यस मेसिनमा प्रो-शिल्ड मोटर र पानी प्रतिरोधक कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन् । साथै, यसले कम पानीको चापमा पनि प्रभावकारी रूपमा लुगा धुन सक्छ ।
रूम एयर कन्डिसनर : ऊर्जा-दक्ष यस एयर कन्डिसनरले कुलिङ र हिटिङ दुवै सुविधा प्रदान गर्दछ । यसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसले सञ्चालनका क्रममा कम आवाज निकाल्दछ ।
मूल्य र उपलब्धता एलजी एसेन्सियल सिरिजका उत्पादनहरू जुन २०२६ देखि नेपालभरका आधिकारिक एलजी ब्रान्ड सप, रिटेल आउटलेट तथा ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यी प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुनेछ ।
नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले विगत चार दशकदेखि एलजीका सामग्रीहरू नेपाली उपभोक्तामाझ पुर्याउँदै आएको छ । एलजीले विश्वव्यापी रूपमा नवीन प्रविधि र ग्राहक केन्द्रित डिजाइनका लागि पहिचान बनाएको छ ।