२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भिभो वाई५०० सार्वजनिक

Nada
२०८३ असार १५ गते १९:१६
Shares
भिभो वाई५०० सार्वजनिक

काठमाडौं : भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५०० सार्वजनिक गरेको छ । आकर्षक नेबुला विन्डो क्यामेरा मोड्युल डिजाईन सहित आएको यो स्मार्टफोन पर्ल वाईट र मिड नाईट ब्लु गरी दुई स्टाइलिस रंगमा उपलब्ध छ । आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट क्राफ्टम्यान शिपको संयोजन रहेको भिभो वाई५००मा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव प्रदान गर्छ ।

ncell

भिभो वाई५०० को सबैभन्दा ठूलो विशेषतायसको शक्तिशाली ८१०० एमएएचब्लुभोल्ट ब्याट्री हो, जुनभिभाको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो । यसले यस सेग्मेन्टमा प्रयोगकर्ताले अपेक्षा गर्ने भन्दा धेरै उच्च स्तरको ब्याट्री ब्याकअप प्रदान गर्छ ।  यो विशाल ब्याट्रीलाई ६वर्षसम्मको हेल्थग्यारेन्टी र ५० महिनासम्मको स्मूथ एक्सप्रेरियन्स सर्टिफिकेसनले थप विश्वसनीय बनाएको छ ।

भिभोको सेल्फ डिभेलप्ड स्पेस स्टाकिङ टेक्नोलोजी तथा म्याजिक क्युब एक्सपान्सन प्याकेजिङ्गको प्रयोगले यति ठूलो ब्याट्रीलाई पनि स्लिम बडीभित्र प्रभावकारी रूपमा समेट्न सम्भव बनाएको छ । यसले प्रयोगकर्तालाई एक पटकको चार्जमा लगातार १० घण्टासम्म गेमिङगर्ने सुविधा प्रदान गर्छ ।  चाहे यात्रा होस्, मनोरञ्जन, अध्ययन वादैनिक कार्य, भिभो वाई५०० ले दिनभर निर्बाध साथ दिने भएकाले ब्याट्री सकिने चिन्ता हटाइदिन्छ ।

भिभो वाई५०० माफ्ल्यागशिप स्तरको १.५के ईन्फिनीटी एमोलेड डिस्प्ले उपलब्ध छ, जसले दिगोपन र विश्वसनीयतालाई प्राथमिकतादिँदै भिभो वाई ५०० मा आईपी ६८ तथा आईपी ६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता र अन्डरवाटर फोटोग्राफीमोडले प्रयोगकर्तालाई पानीभित्र समेत निर्धक्क रूपमा उत्कृष्ट तस्बिर तथा भिडियो खिच्ने अवसर दिन्छ । फोटोग्राफी अनुभवलाई थप उत्कृष्ट बनाउन भिभो वाई ५०० मा ५० मेगापिक्सेल उल्ट्रा क्लीअर मेनक्यामेरा तथा ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले प्रत्येक क्षणलाई उच्च स्पष्टता र उत्कृष्ट विवरणसहित कैद गर्ने कम्पनीले जनाएको छ । 

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, सहजप्रदर्शन र दीर्घकालीन विश्वसनीयता खोज्ने उपभोक्ताकालागि भिभो वाई ५०० मा एक उत्कृष्ट विकल्प बनेर आएको छ । मनोरञ्जन, सामाजिक सञ्जाल, अध्ययन वा उत्पादकता—हरेक आवश्यकतामा सहज रूपमा अनुकूल हुने यो स्मार्टफोनको ८+१२८ भेरियन्टको नेपालीबजार मूल्य रु. ५४,९९९ तोकिएको छ भने ८+२५६ भेरियन्टको मूल्य रु. ६१,९९९ निर्धारण गरिएको छ । यो स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाईन मार्फत खरिद गर्न सकिनेछ ।

सम्बन्धित खबर