२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सात कारोबार दिनदेखि ओरालो यात्रामा नेप्से, सूचक ६ महिनायताकै न्यून स्तरमा

Nada
२०८३ असार १६ गते १५:४४
Shares
सात कारोबार दिनदेखि ओरालो यात्रामा नेप्से, सूचक ६ महिनायताकै न्यून स्तरमा

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सातौँ कारोबार दिन पनि घट्दै करिब छ महिनायताकै न्यून विन्दुमा पुगेको छ । मंगलबारको कारोबारपछि बजार सूचक २६०८ अंकमा कायम भएको हो, जुन गत पुस ९ यताकै सबैभन्दा तल्लो स्तर हो। उक्त दिन नेप्से २५८५ अंकमा रहेको थियो ।

ncell

मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेको छ । यससँगै पछिल्ला सात कारोबार दिनदेखि बजार निरन्तर ओरालो लागेको क्रम कायम रहेको छ ।

गत साताका पाँचै कारोबार दिन बजारमा गिरावट देखिएको थियो भने चालु साताको पहिलो दुई कारोबार दिन पनि सूचक घटेको छ । अघिल्लो कारोबार दिन नेप्से १६.५४ अंकले घटेको थियो । त्यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक तथा शुक्रबार २.०० अंकले सूचकमा गिरावट आएको थियो ।

मंगलबारको कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक अवस्थामा रहे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार कारोबार रकम बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबर