२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

'जिडब्लुएम ओरा५'ले जित्यो प्रतिष्ठित डिजाइन अफ द इयर अवार्ड

Nada
२०८३ असार १७ गते १७:३७
Shares
'जिडब्लुएम ओरा५'ले जित्यो प्रतिष्ठित डिजाइन अफ द इयर अवार्ड

काठमाडौं : नेपालमा सार्वजनिक भएको एक सातामै 'जिडब्लुएम ओरा५'ले अन्तर्राष्ट्रिय स्तरमा ठुलो सफलता हात पारेको छ । यस विद्युतीय एसयुभीले प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत 'प्रोडक्ट डिजाइन – अटोमोबाइल्स/भेहिकल्स' विधामा 'डिजाइन अफ द इयर' उपाधि जित्दै आफ्नो विश्वस्तरीय उत्कृष्टता प्रमाणित गरेको हो ।

ncell

'प्राकृतिक सौन्दर्य'को अवधारणामा आधारित यो गाडीले 'प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित' भन्ने मूल सोचलाई आत्मसात् गरेको छ । यसमा ५२० किलोमिटरसम्मको यात्रा क्षमता (रेन्ज), २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी उन्नत चालक सहायता प्रणालीजस्ता आधुनिक विशेषताहरू रहेका छन् । सुरक्षाको दृष्टिकोणले यसले अन्तर्राष्ट्रिय ५-तारे एएनसिएपी र युरो एनसिएपी रेटिङ प्राप्त गरेको छ ।

नेपालमा यसको विशेष प्रारम्भिक मूल्य रु. ४६ लाख ९९ हजार बाट सुरु हुन्छ । नेपालका लागि जिडब्लुएमको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले निकट भविष्यमै हाभल जोलियन म्याक्स इभी र हाभल एच७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जिडब्लुएमले नवीन प्रविधि र सुरक्षाका माध्यमबाट नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिएको छ ।

सम्बन्धित खबर