२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

प्रधानमन्त्री बालेन चढ्ने गाडीको कालो सिसा ट्राफिक प्रहरीले हटाउला त ? 

Nada
सपना बोहरा
२०८३ असार १७ गते १८:२०
Shares
प्रधानमन्त्री बालेन चढ्ने गाडीको कालो सिसा ट्राफिक प्रहरीले हटाउला त ? 

काठमाडौँ : सवारी साधनको कालो सिसा हटाउने अभियान चलिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन )ले प्रयोग गर्ने गाडीको कालो सिसा ट्राफिक प्रहरी हटाउला त ? भन्ने आम नागरिकको कौतहुलता छ । गृहमन्त्री सुधन गुरुङ आफैं सोमबार ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नै सरकारी गाडीको कालो सिसा हटाउन निर्देशन दिए । 

ncell

उनले ट्राफिक प्रमुखलाई भनेका थिए ,‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाइदिनुस् ।’ त्यसपछि गृहसचिव राजकुमार श्रेष्ठको गाडीबाट पनि कालो सिसा हटाइयो । र यसको भोलिपल्टै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको आपूर्ति मन्त्रालयकै कर्मचारीले आफ्नो मन्त्रीको गाडीको कालो सिसा निकालीदिए । गहृमन्त्री हुँदै अभियान अब देशभर विस्तार हुँदैछ । प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेशमा सर्कुलर पठाइसकेको छ ।

यो समाचार तयार पार्दासम्म रास्वपा सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदहरूअझै कालो सिसा भएको गाडीमै सवार गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शाह चढ्ने सवारी साधानमा भने सुरक्षाको दृष्टिले कालो सिसा यथावत राखिने नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफले बताउँछन् । 

सर्वोच्च अदालतको फैसला अनुसार राष्ट्रपति र प्रधानमन्त्रीलाई सुरक्षाको हिसावले कालो सिसा राख्न पाउने कानुनमै रहेको काफलेले जानकारी दिए । कालो सिसा हटाउने यो अभियान अहिलेसम्म दुई अनुहारमा देखिएको छ । एकातिर गृहमन्त्री र सचिवहरूले आफ्नै गाडीबाट सुरु गरेर एउटा सकारात्मक सन्देश दिन खोजेका छन । तर अर्कोतिर, सत्तारूढ दलकै नेता कार्यकर्ताका गाडीमा अझै उही कालो सिसा टाँसिएको अवस्थामा भेटिन्छन् ।

कालो सिसाभित्र हुनसक्ने नकारात्मक गतिविधिलाई न्युनीकरण गर्नको लागि असार १४ गतेबाट अभियान समेत चलाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार तीनदिनमा २ सय ४० बढी सवारी साधानको कालो सिसा निकालिएको छ । 

ताजा खबर

सम्बन्धित खबर