
भरतपुर : एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एनलजी 'एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।
आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा भरतपुरस्थित विवान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियानअन्तर्गत ल्याइएको यस एसेन्सियल सिरिजमा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र टिकाउपनका साथै किफायती मूल्यलाई प्राथमिकता दिइएको छ । विशेषगरी नेपाली परिवारहरूको दैनिक आवश्यकता र स्थानीय वातावरणीय परिस्थितिलाई ध्यानमा राखेर यी उत्पादनहरू डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
डबल-डोर रेफ्रिजेरेटर : फ्रस्ट-फ्रि प्रविधिसहितको यस रेफ्रिजेरेटरमा मौसमअनुसार चिस्यान नियन्त्रण गर्ने 'स्मार्ट मोड' रहेको छ । यसमा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको छ ।
फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन : नेपालको वातावरणीय अवस्थालाई सुहाउँदो यो मेसिनमा प्रो-शिल्ड मोटर र पानीको कम चापमा पनि प्रभावकारी रूपमा चल्ने ‘लो-प्रेसर फिल’ प्रविधि जडान गरिएको छ ।
रूम एयर कन्डिसनर : ऊर्जा-दक्ष प्रविधिसहितको यस एसीले कुलिङ र हिटिङ दुवै सुविधा प्रदान गर्दछ । यसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसले चल्दा न्यून आवाज मात्र निकाल्छ ।
एलजी एसेन्सियल सिरिजका उत्पादनहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनेछ । यी उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्राण्ड सप, मल्टि-ब्राण्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्महरूमा जुन २०२६ देखि उपलब्ध भइसकेका छन् ।
विगत चार दशकदेखि सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीका उत्पादनहरू वितरण गर्दै आएको छ र यसलाई नेपालको एक अग्रणी तथा विश्वासिलो ब्राण्डको रूपमा स्थापित गरेको छ । एलजीले विश्वभर नै नवीन प्रविधि र ग्राहक केन्द्रित डिजाइनका माध्यमबाट उपभोक्ताहरूको जीवनलाई सहज बनाउँदै आएको छ ।